covid-3.jpg

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप १५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये पाँच जना महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज ज्यान गुमाउनेमा मोरङ्गका ४० र ६० वर्षीय पुरुष, सिरहाकी ५० वर्षीया महिला, रौतहटकी ७२ वर्षीया महिला, काठमाडौँका ६६ र ७२ वर्षीया महिला तथा ४५, ५३, ६४ र ३९ वर्षीय पुरुष, ललितपुरका ४६ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, रुपन्देहीका ५५ वर्षीय पुरुष, नवलपरासीका ७६ वर्षीय पुरुष र दाङकी ७१ वर्षीया महिला छन् ।
योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५ सय ७८ पुगेको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये उपत्यकामा मात्र आज १ हजार ६ सय ८४ जना नयाँ सङ्क्रमित भेटिँदा काठमाडौंमा १ हजार २ सय ९६ जना, ललितपुरमा २ सय ९३ र भक्तपुरमा ९५ जना रहेका छन् ।