Coronavirus-COVID-19-Treatment.jpg

काठमाडौं– नेपालमा आज पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा यो सङ्ख्या आजसम्मकै धेरै हो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज बुधबार १ हजार १ सय २६ जना सङ्क्रमितहरुले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । हालसम्म कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर संक्रिय सङ्क्रमितको संख्या २५ हजार ७ रहेको छ भने ४ हजार १ सय ६४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।