हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष विगतको जसरी नयाँ नोट बाँड्न नसकिने बताएको छ । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ ।
स्टकमा रहेको नयाँ नोट कुन तरिकाले वितरण गर्ने भन्ने निर्णय गर्न बाँकी रहेको राष्ट्र बैंकले बताएको छ । विगतको जस्तै राष्ट्र बैंक अगाडि लाइन लगाएर नयाँ नोट दिने सम्भावना कम रहेको राष्ट्र बैंकले जनाएको छ ।