accident tactor.jpg

गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । गुल्मीको गुल्मी दरबार गाउँपालिका १ अन्तर्गत बलिथुमबाट चन्द्रकोट गाउँपालिकाको मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्रयाक्टर सोमबार बिहान बलीथुमको टापुमा दुर्घटना हुँदा ट्रयाक्टर सवार गुल्मी दरबार गाउँपालिका १ माझीगाउँ बस्ने १६ वर्ष का धनबहादुर माझीको ट्रयाक्टरको चक्काले च्यापेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारि दिनुभयो ।

दुर्घटनामा परि गुल्मी दरबार गाउँपालिका १ माझीगाँऊ बस्ने वर्ष १५ वर्षका लालबहादुर बुढामगर र कपिलवस्तु घर भएका वर्ष ३० का ट्रयाक्टर चालक रेशम ताम्राकार घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक कृष्णबहादुर गाहाले जनाएअनुसार उक्त ट्रयाक्टर सडकदेखि २० मिटर तल खसेको थियो भने घाइतेहरुको अहिले स्थानीय शुभ सारथी मेडिकल मजुवामा उपचार भइरहेको बताउनु भयो ।