covid-3.jpg

विश्वभर हालसम्म ३ करोड ५४ लाख २५ हजार १ सय ७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० लाख ४२ हजार १ सय ८३ पुगेको छ भने संक्रमणबाट निको हुनेको संख्या २ करोड ६६ लाख ३९ हजार ८ सय ६९ पुगेको छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश अमेरिकामा कुल संक्रमितको संख्या ७६ लाख ३६ हजार ९ सय १२ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख १४ हजार ६११ पुगेको छ । अमेरिकापछि दोस्रो सबैभन्दा बढी संक्रमित रहेका भारतमा ६६ लाख २३ हजार ८ सय १५ जना संक्रमित मध्य १ लाख २ हजार ७ सय १४ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा रहेको ब्राजिलमा ४९ लाख १५ हजार २८९ जनामा संक्रमित भएकोमा १ लाख ४६ हजार ३ सय ७५ भन्दा धेरैले ज्यान गुमाइसकेका छन् । रुसमा १२ लाख २५ हजार ८ सय ८९ जना संक्रमित रहेका छन् भने २१ हजार ४ सय ७५ जनाको मृत्यु भइसकेको छ । स्पेनमा ८ लाख १० हजार ८ सय ७ संक्रमित रहेकोमा ३२ हजार ८६ जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा ५ लाख २ हजार ९ सय ७८ संक्रमित रहेकोमा ४२ हजार ३ सय ५० जनाको मृत्यु भइसकेको छ । पेरुमा संक्रमितको संख्या ८ लाख २८ हजार १ सय ६९ छ भने ३२ हजार ७ सय ४२ जनाको मृत्यु भइसकेको छ ।