birat.jpg

विराट नर्सिङ होमको दोस्रो तलाबाट हामफालेर मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरले आत्महत्या गरेका छन् । अस्पतालको दोस्रो तलाबाट सोमबार बिहान हाम फालेर उनको मृत्यु भएको प्रहरि उपरेक्षक सन्तोष खड्काले जानकारि दिनुभयो ।
गजमेरलाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरूले बताएअनुसार गजमेर फोक्सोका बिरामी थिए । आइसियूमा राखेर उनको उपचार भइरहेको थियो । उनले सोमबार बिहान करिब साढे ५ बजे अस्पतालबाट हाम फालेको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ