Pradesh-sabha_butawal.jpg

प्रदेश नं. ५ को प्रदेशसभामा स्थायी राजधानी तोक्न सरकारले पेश गरेको प्रस्तावप्रति प्रतिपक्षी दल कांग्रेसका सभासदहरुले विरोधगर्दै टेबुल कुर्सी तोडफोड गर्री प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । बैठक शुरु भएलगत्तै कांग्रेस र जनता समाजवादी दलका सभासद्हरुले रोष्ट्रम घेराउ गर्दै सदन अवरोध गरेका हुन् । सदन अवरोध गर्दै विपक्षी दल नेपाली कांग्रेसका नेताहरुले मुख्यमन्त्री शङ्कर पोखरेलले प्रधानमन्त्रीको बुइ चढेर निरङ्कुसशैलीमा तानाशाही ढङ्गले राजधानीको प्रस्ताव ल्याएको आरोप लगाएका छन् ।

उनीहरुले राजधानी जस्तो प्रस्ताव सहमतिमा आउनुपर्नेमा निषेधित क्षेत्र घोषणा गरेर आन्दोलनकारीलाई पक्राउ गरेर ल्याउने सरकारको तानाशाही रबैया भएको जनाएका छन् । प्रतिपक्षी दलको नाराबाजी र हुलदङ्गाकै बीचमा पनि सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएका छन् ।सहमतिबाट राजधानीको विषयमा निकाल्न तयार हुँदाहुँदै सरकारले २ तिहाइको दम्भबाट एकलौटी तरिकाले प्रस्ताव ल्याएको कांग्रेसको आरोप छ ।

प्रदेशसभाको सोमबारको बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि प्रस्ताव पेश गर्ने क्रममा कांग्रेस सभासदहरुले नाराबाजी र तोडफोड गरेका हुन् । बैठकमा बोल्दै सत्तारुढ दल नेकपाका सभासद विष्णु पन्थीले प्रदेशको स्थायी राजधानी कपिलवस्तु उपयुक्त हुनेभन्दै सरकारको प्रस्ताव सच्याउन आग्रह गरेका छन् । प्रदेश सरकारले शुक्रबार प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव पेश गरेको थियो । नामका विषयमा विवाद भए पनि प्रदेशको नाम लुम्बिनी राख्ने विषयमा दलहरु एक मत देखिन्छन् ।