Department-of-Foreign-Employment.jpg

काठमाडौं वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम आजबाट पुनः सञ्चालनमा आउने भएको छ ।कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि श्रम स्वीकृति सेवा रोकिएको थियो । निषेधाज्ञापछि नियमित श्रम स्वीकृति जारी हुँदै आएको वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीमा कोभिड —१९ को संक्रमण देखिएपछि बुधबारदेखि कार्यालय खुल्ला राखिए पनि सेवा भने बन्द गरिएको थियो ।
वैदेशिक रोजगार विभागले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको जनाएको छ ।