jeep.jpg

मकवानपुरको भीमफेदीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका ६ स्थित उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको थियो । घाइतेहरुको प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेको छ ।