covid-3.jpg

आज १२ हजार ७ सय ८४ जनाको पीसीआर परिक्षण गरिएका मध्ये देशभर थप २ हजार २ सय ५३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
उनले आज देशभर सक्रिय संक्रमित २२ हजार २ सय १९ रहेको बताएका छन् । अहिले संस्थागत आइसोलेसनमा १० हजार ३ सय २६ र होम आइसोलेसनमा ११ हजार ८ सय ९३ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण दिनानुदिन तीव्र रुपमा फैलिदै गएको छ । देशभर बढ्दो सङ्क्रमणको कुल संख्यामध्ये आधा भन्दाबढी उपत्यकाका जनता रहेका छन् ।आज मात्रै उपत्यकामा १ हजार ५ सय ९९ जना नयाँ सङ्क्रमित थपिए । जसमध्ये काठमाडौंका १ हजार ३ सय ७३ जना, भक्तपुर ३९ जना र ललितपुरका १ सय ८७ जनामा कोरोना भाइरस सङ्क्रमको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले संस्थागत आइसोलेसनमा १० हजार ३ सय २६ र होम आइसोलेसनमा ११ हजार ८ सय ९३ जना रहेका छन् । सङ्क्रमितको ७१ प्रतिशत काठमाण्डौ उपत्यकाका रहेका छन् ।