Nekapa-sachibalaya-meeting.jpg

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी को आज सचिवालयको बैठक हुने भएको छ । आज अपराह्न ४ बजेका लागि तय भएको सचिवालय बैठक नरोकिएको सचिवालय सदस्यले जानकारी दिए । शनिबारका लागि तय भएको बैठक आज अपराह्न सारिएको थियो । हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको चारजना सहित ६५ जना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि वैठक सारिने आशंका धेरैले गरेका थिए । मन्त्रीमण्डलको पुनर्गंठन, राजदूतको नियुक्ति लगायतका विषयमा छलफल हुने कुराको जानकारी समेत उक्त सदस्यले बताए ।