dr g.jpg

चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीको सर्मथन गर्दै आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । डा. केसीको माग पूरा गर्न दबाब दिनको लागि वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले आइतबारदेखि दैनिक दुई घन्टा इमर्जेन्सी र कोभिड उपचारबाहेकका अन्य सेवा ठप्प गर्र्ने भएका छन् । उनिहरुले सरकारले २४ घन्टा भित्रमा वार्ता टोलीको गठन नगरेमा थप कडा रुपमा प्रस्ततुत हुने चेतावनी समेत दिएका छन् । आवासीय चिकित्सकले आफ्नो विरोध कार्यक्रमबाट पर्न जाने सम्पूर्ण असरको जिम्मेवार नेपाल सरकार हुने पनि बताएका छन् । २१ दिनदेखि आमरण अनशनमा रहेका केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।