govinda-kc.jpg

२१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अक्सिजनको सपोर्टमा राखिएको छ । शिक्षण अस्पतालमा अनशन बसिरहेका डा. केसीलाई छाती दुख्नुका साथै सास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राखिएको हो । तर डा. केसीले अन्य औषधी भने लिन नमानेको डा. तोसिमा कार्कीले बताउनु भयो । डाक्टर भदौ २९ गते जुम्ला चन्दनाथ नगरपालिकाको बाबिरा मष्ट मन्दिरबाट १९ औँ अनशन सुरु गरेका हुन् । डा. केसीको २१ औँ दिन पुग्दासम्म पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन ।