dasain p.jpg

कोभिड – १९ महामारी नियन्त्रणका लागि सरकारले ११ चैतमा लकडाउन घोषणा गरेपछि नेपाल–भारत सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र परे । लुकिछिपी अधिकांश नागरिक स्वदेश भित्रिएपछि कोरोना गाउँ–गाउँसम्म पुग्यो । गाउँमा संक्रमण देखिन थालेपछि बल्ल सरकारले १२ जेठमा २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न दिने निर्णय ग¥यो । त्यतिञ्जेल सीमामै रहँदा थुप्रै नेपाली संक्रमित भइसकेका थिए, घर फर्किएपछि क्वारेन्टिनको समेत राम्रो व्यवस्थापन नहुँदा थप संक्रमण फैलिदै गयो । गत जेठ २० सम्म काठमाडौं उपत्यकामा संक्रमितको संख्या नगन्य मात्रामा मात्रै थियो तर, जब साउन ६ मा सरकारले १२० दिन लामो लकडाउन अन्त्य भएको घोषणा ग¥यो, त्यस यता काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

शुक्रबार मात्रै उपत्यकामा एक हजार ६ सय ३८ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । उनीहरुमध्ये एक हजार २ सय ८० जना काठमाडौंका, एक सय ९६ जना भक्तपुरका र एक सय ६३ जना ललितपुरका छन् । यही सङ्क्रमणकालिन अवस्थाकाबीच नेपालीहरुको महान् चाड बडा दसैं नजिकिँदै गर्दा उपत्यका छाडेर गाउँ जानेको संख्या पनि बढ्न थालेको छ । यसरी उपत्यका छोड्ने अधिकांश व्यक्तिको पीसीआर परीक्षण भएको छैन । सरकारले सार्वजनिक यातायातहरुलाइ आधा संख्यामा मात्र यात्रु बोक्नु भनेता पनि सवारी चालकहरुले त्यसलार्य पूर्णरुपमा कार्यान्वय गरेका छैनन् ।

यसरी पहिलो चरणमा भारतबाट सीमावर्ती जिल्ला, दोस्रो चरणमा जिल्लाबाट उपत्यकामा फैलिएको संक्रमण तेस्रो चरणमा पुनः राजधानीबाट गाउँतिर फैलिन सक्ने खतरा देखिएको छ । अहिले सरकारले लक्षण नदेखिएका व्यक्तिको पिसीआर परीक्षण समेत नगर्ने नीति लिएको छ ।हाल उपत्यकाका संक्रमितहरुमध्ये ५० प्रतिशत लक्षणविहीन छन् । त्यसैले उनीहरु चाडपर्वको नाममा गाउँगाउँ पुग्दा सङ्ंक्रमण फैलिने जोखिमलाई नकार्न सकिदैन ।

गृह मन्त्रालय स्रोतका अनुसार अघिल्लो वर्षको दसैंमा ३० लाख एक हजार १५ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए भने १८ लाख ३५ हजार ५ सय ६ जना उपत्यका भित्रिएका थिए । यसरी हेर्दा दसैंको समयमा १२ लाख बढी मानिस उपत्यकाबाट बाहिरिएको देखिन्छ ।आर्थिक वर्ष ०७५/ ०७६ को दसैंमा २८ लाख ९१ हजार २ सय ४३ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए भने २१ लाख ८३ हजार ८ सय ९ जना उपत्यका प्रवेश गरेका थिए । यस आधारमा यो वर्ष उपत्यकाबाट ७ लाख मानिस बाहिरिएको देखिन्छ ।गृह मन्त्रालयद्वारा उपलब्ध विगत ५ वर्षको तथ्यांक केलाउने हो भने दसैंमा सरदर ११ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेको देखिन्छ ।

त्यसआधारमा गृहले गरेको विश्लेषण अनुसार यो वर्ष दसैंमा कम्तिमा तीन लाख मानिस उपत्यकाबाट बाहिर जाने देखिन्छ । किनकि ८ लाख मानिस लकडाउनकै समयमा घरतिर फर्किएको तथ्यांक छ । लकडाउन खुलेपछि केही नागरिक उपत्यकाभित्र प्रवेश गरे पनि बाहिरिएको संख्या पनि उत्तिकै रहेको तथ्यांकले देखाउँछ । दसैं आउन तीन हप्ता अघिदेखी नै उपत्यका छाड्ने क्रम सुरु भइसकेको छ । गत सोमबारदेखी शुक्रबारसम्मको महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथको तथ्यांक अनुसार उपत्यका छाड्ने यात्रुको संख्या८० हजार २ सय १४ जना पुगिसकेको छ ।