chinese-protest-police-2.jpg

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौँमा प्रदर्शनको तयारीमा रहेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ दूतावास अगाडि आइतबार दिउँसो प्रदर्शनको तयारी गरिरहेका युवाहरुलाई प्रहरीले तितरवितर पारेको हो ।
सचेत नेपाली नागरिक अभियानका विप्लव भट्टका अनुसार उनिहरुले अतिक्रमण तथा त्यसमा सरकारी उदासिनताको विरोधमा प्रदर्शनको तयारी गरेका र तयारी कै अवस्थामै रहेका बेला प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई प्रहरीले कमलपोखरीमा राखेको छ । भट्टले दिएको जानकारिका अनुसार उनिहरु २५ जना रहेका छन् ।
हालै हुम्लामा नेपाली भुभागमा चीनले भवन बनाएको दाबी गरिएको थियो । तर नेपाल सरकारले उक्त कुरा साँचो नभएको बताएको छ , भने चीनले आफूले नेपाली क्षेत्रमा भवन नबनाएको दाबि गरेको छ । तर स्थानीयले भने चीनले भवन बनाएको क्षेत्र नेपालकै रहेको बताउँदै आएका छन् । सोही परिवेशमा भूमि अतिक्रमण तथा सरकारी उदासिनताको विरोधमा प्रदर्शन गरिएको भट्टले बताए ।