dr g.jpg

चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसीले सुरु गरेको अनशनको १८ औँ दिनपछि सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनको माग पूरा भएकाले अनशन तोडेर कोभिड– १९ विरुद्धको लडाइँमा लाग्न आग्रह गरेका छन्  ।
डा. केसीले १९ औँ अनशनमा उठाएका सबै माग सम्बोधन भएको र केही प्रक्रियामा रहेकाले हाल अनशन तोड्न अपिल गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिकित्सा शिक्षासम्बन्धी ऐन बनाई त्यसकै जगमा टेकेर आयोगले आफ्नो नियमित काम सुरु गरिसकेको छ । यसको नियमावली बनेको छ । गत आर्थिक वर्षमा ७५ प्रतिशत छात्रवृत्तिको विषयलाई कार्यान्वयनमा ल्याइसकेको बताउनु भएको छ ।
डा. केसीको आन्दोलनमा विभिन्न संघसंस्था र नागरिक समाजको समर्थन बढ्दै गएको अवस्थामा पनि सरकारले उनको माग सम्बोधन गर्न कुनै पहल नगरेको केसीका सहयोगीहरुको आरोप छ । डा. केसीले ६ सूत्रीय माग अघि सार्दै २९ भदौमा जुम्लाबाट थालिएको अनसनलाई काठमाडौं आएर पनि निरन्तरता दिइरहेका छन् ।
कोभिड– १९ को असामान्य अवस्थामा ‘चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु नै जनतालाई कसरी सुरक्षित राख्ने भनेर लागिरहँदा अनशन, धर्ना, हडताल सुहाउने विषय नभएकोले मन्त्री ज्ञवालीले डा. केसीलाई अनशन तोड्न भनेका हु्न् । यस्तो असामान्य वेला अनशन, धर्ना, हडताल सुहाउँदो विषय होइन, ‘केही विषय बाँकी छन् भने पछि छलफल गर्न सकिन्छ । सरकारका तर्फबाट उहाँलाई ,उहाँका साथीहरूलाई आग्रह छ– अनशन फिर्ता लिएर हामी सबै कोभिडविरुद्धको लडाइँमा जोड दिऔँ ।