1-3.jpg

नेपाल जस्तो मुलुकमा महिला माथिको विभेद र आपराधिक घटना दिनदिनै बढिरहेको पाइन्छ । महिला हिंसा विरुद्घ यति ठुलो जनचेतना फैलाउने प्रयास गरिदै आएतापनि राजधानिमा समेत महिला प्रताडित हुनपर्ने अवस्था लज्जास्पद हो । नेपाली समाजमा महिलामाथि विभिन्न खाले विभेदहरु हुने गरेका छन् । यसका लागि हाम्रो परम्परागत गलत संस्कृति पनि केही हदसम्म जिम्मेवार छ भने अर्काे अर्कोतर्फ महिला अधिकार र आधुनिकीकरणको नाममा पाश्चात्य सँस्कृतिले पनि हिंसा बढाउने काममा ठुलै मलजल गरेको छ । हुन त नेपाली समाजमा महिला माथि हुने विभेद हिंसा नयाँ कुरा होइन । आफ्ना हक अधिकार खोज्नेक्रमको विकास त भएको छ ,तर आफ्नो हक अधिकार खोज्दा अर्काको अधिकार कुण्ठित हुन्छ कि ? भन्ने तर्फ ध्यान दिन नसक्दा पनि हिंसा बढ्ने गरेको पाइन्छ ।

नेपाली समाजमा बलात्कारका घटनाहरु बढ्दै जानुका कारणहरु मध्ये प्रोनोग्राफी पनि एक हो । नेपालको संविधान २०७५ भाद्र १ देखि लागु भएको अपराध संहिता ऐनले बलत्तकार घटना मा संलग्नलाई एक वर्षको कानुनी अपराध तय गरेतापनि यस अवधिलाई अझ थप गर्दै सुधार को खाँचो रहेको कानुन विदहरुको तर्क छ । दिनानुदिनको बढ्दो बलात्कार र यौन हिंसाको घटनाहरु आइरहँदा पनि मन्त्रिपरिषद संसद र राजनितिक दलको मौनताले घट्ने भन्दा झन मौलाउने अवस्था आएको देखिन्छ । बलात्कारीका विरुद्ध कडा कानुनी कदम चाल्न सरकारलाई निर्देशन दिने संकल्प प्रस्ताव नै संसदको कार्यसुचिमा पुगेर आइसकेको अवस्था छ । तर सरकारले अत्याधुनिक भनिएको अपराध संहितामा पनि बलात्कारिलाई कारबाही र पीडित लाई न्याय दिने सम्बन्धमा हालसम्म उचित कानुनी मस्यौदा तय गर्न सकिरहेको छैन ।

आज भन्दा दुई दशक अगाडिसम्मको तथ्याङ्क हेर्दा देशभरिमा जम्मा वार्षिक दुई सयको हाराहारिमा बलात्कारका घटनाहरु दर्ता हुने गरेका थिए । नेपालमा प्रहरिको तथ्याङ्क अनुसार हाल त्यो सङ्ख्या बढेर बार्षिक १८ प्रतिशतले बढेको छ । बलात्कार को घटनाहरु किन र के कारणले बढ्दै गएको छ भन्ने बारेमा एकिन आधार तय हुन सकेको पाइदैन ।
आम सञ्चार र सामाजिक सञ्जालमा आएका टिप्पणीहरुलाई हेर्दा गरिबी , बेरोजगार , अशिक्षा मात्र नभई अश्लिल चलचित्र र प्रोनोग्राफीलाई मुख्य आधार मान्नुपर्ने अवस्था सिर्जना भएको छ । मान्छेका असिमित इच्छा र आकाङ्क्षाले गर्दा अश्लिल कार्यतर्फ आकर्षण बढ्दो देखिन्छ । समसामयिक परिवेशलाई चित्रण गर्दा महिलाहरुकै कारण यस्ता घटनाहरु हुने गरेको छन् । यौनजन्य अपराधमा संलग्न जुनसुकै वर्ग र समुदायका मानिसहरु पनि पारिवारिक बिचलन र बिडम्बनाले पनि बलात्कारका घटनाहरु बढ्ने गरेको देखिन्छ । मिथक र फितलो कानुनका कारण पनि समाजमा बलात्कारीहरु बढ्दै गएका छन् । विज्ञान र प्रविधिले जीवनशैलीलाई छिटो र सहज त गराएको छ तर त्यहि सुचना र प्रविधिको दुरुपयोगले सयौँ मानिसहरु बलत्कारमा संलग्न भएका छन् ।