123.jpg

काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणभन्दा बाहिर जाने खतरा देखिएको छ । दैनिक रुपमा देशभर बढ्दो सङ्क्रमणको कुल संख्यामध्ये आधा भन्दाबढी उपत्यकामा देखिंदै आएका छन् । आज मात्रै उपत्यकामा १ हजार ६ सय ३८ जना नयाँ सङ्क्रमित थपिए । जसमध्ये काठमाडौं १ हजार २ सय ८० जना, भक्तपुरमा १ सय ९६ जना र ललितपुरमा १ सय ६२ जनामा कोरोना भाइरस सङ्क्रमको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा मात्रै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २६ हजार ७ सय ४१ पुगेको छ । जसमा काठमाडौंका २१ हजार ६ सय ७३ जना, ललितपुरका २ हजार ६ सय ८७ जना र भक्तपुरका २ हजार ३ सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यो तथ्याङ्कसँगै देशभरका कोरोना भाइरस सङ्क्रमितको कुल संख्यामध्ये उपत्यकाको मात्रै ६० प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।