रुपन्देहीमा आज भाइरस संक्रमित थप एक जना ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नपा–१ बेलहिया निवासी ति पुरुषको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा आज विहान ११ बजे मृत्यु भएको सूचना अधिकारी सुशिल गुरुङले नवसञ्चार अनलाइनलाई जानकारी दिनु भएको हो ।
ति ६५ वर्र्षीय पुरुष १२ गते अस्पतालमा भर्ना भएका र १३ गते उनमा कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । केही दिनदेखि उनलाई निमोनिया भएको थियो । उनको मृत्यु भएसँगै युनिभर्सल शिक्षण अस्पतालमा कोरोना भाइरस सङ्क्रमणको उपचार गराउनेहरु मध्ये हालसम्म ५ जनाको मृत्यु भएको छ । अहिले अस्पतालमा ९ जना कोरोना भाइरस संक्रमित बिरामी उपचारार्थ छन् ।
यसैगरी बुटवलको कोरोना विशेष अस्पतालमा पनि आज नै एक जना कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।