nepal airline.jpg

देशकै एकमात्र राष्ट्रिय ध्वजा बाहक विमान कम्पनी नेपाल वायुसेवा निगम गतिहितको अवस्थामा पुगेको छ । छ दशकको लामो इतिहास बोकेको निगमको दुर्दशा हेर्दा टिठ लाग्दो छ । आन्तरिक उडान भर्ने जहाज छैन । भएका जहाजहरु पनि उडान योग्य छैनन् । त्यस्तै बाह्य उडानका निम्ति भएका जहाजहरुको अवस्था पनि त्यस्तै छ । समयमा मर्मत नहुँदा निगमले ठूलो नोक्सानी व्यहोर्दै आएको छ । विगतमा कार्यकर्ताको भर्ति केन्द्र बन्दै आएको निगमको आम्दानीभन्दा खर्च अधिक छ । काण्डै काण्डमा जकडिएको निगमको व्यवस्थापनमा सुधार ल्याउन नसक्दा राष्ट्रिय ध्वजा बाहक कम्पनीको खास गिर्दै भएको छ ।
निगमले ६ वर्ष अघि अनुदान र सहुलियत ऋणमा चीनबाट ल्याइएका जहाजहरु उडानका लागि योग्य नभएको भन्दै दुई महिना निर्णय गरेको थियो । निगम सञ्चालक समितिले ति जहाज उडाउँदा नाफा हुनुको सट्टा वार्षिक ५० करोड रुपैयाँ भन्दा धेरै घाटा हुने गरेको भन्दौ गत असार १६ गते ६ वटा जहाजलाई साउनको दोस्रो सातादेखि नउडाउने (ग्राउन्डेड) निर्णय गरेको थियो । उक्त निर्णयको फाइल आवश्यक कारवाहीको लागि अर्थ मन्त्रालयमा पेश भयो ।

अन्तत अर्थ मन्त्रालयले के कति कारण जहाज उडाउन नसकिने हो भन्दै निगममा फाइल र्फिता पठाएको छ ।
चीनबाट ५ अर्ब २० करोड रुपैयाँबराबरको जीटूजी सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौता गरी ल्याइएका चीनमा निर्मित ति जहाज उडाउन योग्य नभएको भन्दै तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको थियो । तर मन्त्रालयले यो निर्णयमा जोखिम लिन चाहेन र गत भदौ २ गते मन्त्रालयले ति जहाजहरुको व्यवस्थापनका बारेमा अर्थ मन्त्रालयसँग राय मागको थियो ।
चीनमा निर्मित ती जहाजको व्यावसायिक सञ्चालन र व्यवस्थापनको जिम्मेवारी निगमले नै लिनु पर्ने भएकोले जहाजको प्राविधिक पक्षका विषयमा अर्थमन्त्रालयले कुनै जानकारी दिन सक्दैन भन्दै भदौ २९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको थियो ।