ezgif-7-2c20ab71d0ad.jpg

काठमाडौँ, सरकारले तीनवटा विश्वविद्यालयमा रिक्त रहेको उपकुलपतिको नियुक्ति गरेको छ । विगत एक वर्षदेखि उपकुलपति विहीन नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. यादवप्रकाश लामिछाने, कृषि विश्वविद्यालयमा प्रा.डा. पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा प्रा.डा प्रेमनारायण अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको हो । संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति लामिछानेले शुक्रबार विश्वविद्यालयमा पद बहालीको कार्यक्रम रहेको बताउनुभयो । विश्वविद्यालयका पुर्वउपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको कार्यकाल सकिएदेखी नेपाल संस्कृत विश्वविद्यालय विगत एक वर्षदेखि उपकुलपति विहीन बन्न पुगेको थियो ।