sun.jpg

काठमाडौँ – नेपालीहरुको महान चाड बडादसैँको हर्ष र उल्लाहसपछि आजबाट सुनचाँदी बजार खुलेको छन् । सुनचाँदी पसल खुलेसँगै सुनको मूल्यमा सामान्य गिरावट आएको छ । छापावाल सुन तोलामा एक हजार रुपैयाँले घटेको हो ।

आज सुनचाँदी बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी तोलामा १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासङ्घले जनाएको छ ।

यसअघि कात्तिक ६ गते छापावाल सुन तोलामा ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । भने दसैँपछि सुनचाँदी बजार खुलेको दिन आज बिहीबार तेजावी सुन तोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।