Nepal new map.jpg

काठमाडौं , आज देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणबाट पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका ४, ओखलढुङ्गाका ४, खोटाङका ३, झापाका २२, धनकुटाका ३, भोजपुरका २, मोरङका ३ सय २२, सङ्खुवासभाका ३, सुनसरीका १ सय ९३ जनामा कोरोना भाइसरको सङ्क्रमण पोजेटिभ देखिएको छ । यस्तै धनुषाका १८, पर्साका १५, बाराका १३, महोत्तरीका ५, रौतहटका ३४, सप्तरीका ३३, सर्लाहीका १७, सिरहाका १५, काठमाडौंका १ हजार २ सय ९६, काभ्रेपलाञ्चोकका ५१, चितवनका १ सय ३१, दोलखाका ६, धादिङका १०, नुवाकोटका ९, भक्तपुरका ९५, मकवानपुरका ९९, रामेछापका ८, ललितपुरका २ सय ९३, सिन्धुपाल्चोकका ११ र सिन्धुलीका ३० जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेमा कास्कीका ३४, गोर्खाका १३, तनहुँका १३, नवलपरासीपूर्वका १७, पर्वतका ३, म्याग्दीका २, लमजुङका १९, बाग्लुङका ३४, स्याङ्जाका ३, अर्घाखाँचीका २, कपिलवस्तुका ३३, गुल्मीका ९, दाङका २४, नवलपरासीका १८, पाल्पाका १९, प्यूठानका ३, बर्दियाका २२, बाँकेका १ सय ६, रुकुमपुर्वका १, रुपन्देहीका १ सय ३०, रोल्पाका २, कालिकोटका १, डोल्पाका १, दैलेखका ५, रुकुमपश्चिमका ३, सल्यानका ९, सुर्खेतका ७८, अछामका ५, कञ्चनपुरका ४, कैलालीका २५, डडेल्धुराका १, डोटीका ३, दार्चुलाका ४८, बझाङका १ तथा बैतडीका २ जनामा रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार १ हजार १ सय २६ जना सङक्रमणमुक्त भएर घर फर्किका छन् । यो सङ्ख्यासँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर कुल १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण भएको थियो । योसमाचार तयार हुँदासम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ७ रहेको छ । हाल ४ हजार १ सय ६४ जना क्वारेन्टिनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २ सय ३३ जनाको आईसीयुमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मनाङ, मुस्ताङ र सोलुखुम्बु जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् भने मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय सङक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।