आज देशभर २ हजार ४ सय ४० जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामा आज थप १ हजार ५ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १ हजार १ सय ७८, ललितपुरका २ सय ५० र भक्तपुरका १ सय ३ जनामा संक्रमणको पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो आइतबार काठमाण्डौ उपत्यकामा १ हजार ५ सय ९९ संक्रमित थपिएका थिए भने १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए ।

यसैगरी आज देशभर कोरोना भाइरसको भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । आजको यो मृत्यु संख्यासँगै देशभर मृत्यृ हुनेको कुल संख्या ५ सय ५४ जना पुगेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रणबाट सङ्क्रमित र मृत्यु हुनेको संख्या तिब्र रुपमा बढ्न थालेको छ ।