ddg.JPG

काठमाडौँ– पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । जसमध्ये चितवनको ५५ वर्षीय महिला, काठमाडौँका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरको पाँच दिनकी नवजात शिशु बाँकेको २५ वर्षीया महिला र ६० वर्षीय पुरुष, कञ्चनपुरको २९ वर्षीय महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ३५ जना पुगेको छ ।