Jageshwor-gautam.png

आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ भने आज एकैदिन कोरोना भाइरसको सङ्क्रमणबाट एघार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालय मा आयोजित दैनिक पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारि दिनुभयो ।

हाल देशभर २१ हजार २ सय ३४ जना संक्रमित रहेका छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टिनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ३ सय ७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।आजसम्म यो सङ्क्रमणलाई जितेर घर फर्किनेको संख्या ६० हजार ९ सय ९६ पुगेको छ ।