काठमाडौं गत साउन १६ गते सर्वप्रथम सांसद प्रदीप यादवलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता हालसम्म तीन जना मन्त्रीसहित २४ जना संघीय सांसदहरुलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ ।

सङ्घीय संसद सचिवालयका अनुसार एक जना सांसद अस्पतालमा उपचाररत छन । ६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुने क्रममा छन् भने बाँकी १५ जना सांसद पनि कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भइसकेका छन् ।


covid 22.jpg

कोभिड १९ (कोरोना) को प्रकोपबाट सङ्क्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, भौतिक योजना तथा पूर्वाधार मन्त्री बसन्त नेम्वाङ र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल हुन् । यी तीनै जना मन्त्रीहरु अहिले भने कोरोना मुक्त भइसकेका छन् ।