Prachanda-KP-Oli-Madhav-Nepal-with-Jhalnath.jpg

काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पार्टी र सरकारमा मिचाहा र हेपाहा प्रवृत्तिका कारण पार्टी भित्रको समस्या भूषको आगो झै सल्किएको छ । तात्कालीन नेकपा एमाले र माओवादी बीच पार्टी एकताको मर्मलाई निमिट्यान्न बनाउन खोजेको ओलीको कार्यशैली देखाएको छ । दुई पार्टी बीचको एकताले अहिलेसम्म पूर्णता नपाउनुको मुख्य कारण नै ओली हुन् भन्ने आम कार्यकर्तामा परेको छ ।

अहिले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्वादहिनताको अवस्था छ । प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच पछिल्लो नौ दिनदेखि सम्वाद भएको छैन । ओलीले प्रचण्डलाई फकाउन दूतहरुमार्फत् प्रयास गरिरहेका छन् । हिजो बिहिबारमात्रै प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललाई खुमलटार पठाएका थिए । र, सोही बेला प्रधानमन्त्री आफैं पनि प्रचण्डलाई छलफलका लागि बालुवाटार आउन आग्रह गरका थिए । तीन दिनदेखि निरन्तर बालुवाटार आउन आग्रह गरेता पनि प्रचण्डले ओलीको प्रस्तावलाई खासै वास्ता गरेका छैनन् ।

प्रधानमन्त्रीसँग मनमुटाव बढेसँग कार्यकारी अध्यक्ष प्रचण्डले पूर्वमाओवादीका आफु निकट नेतालगायत वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसँगै उनीहरु पक्षधर नेताहरुसँग पार्टीको आगामी बाटोबारे निरन्तर छलफल गरिरहेको उच्च स्रोतले बताएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले प्रचण्डसँग तिक्तता बढेसँगै ११ गते मङ्गलबार वरिष्ठ नेता माधवकुमार नेपालसँग करिब ३ घण्टा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले पूर्वएमालेहरु मिलेर जानु पर्ने भन्दै नेपाललाई अबको नेता तपाई हो, मिलेर अगाडि बढौं भन्ने प्रस्ताव राखेको बालुवाटार स्रोतले बताएको छ । तर माधव नेपाल ओलीको प्रस्ताव प्रति त्यति विश्वस्त नभएको बुझिन्छ ।

अब ओलीसँग कसरी प्रस्तुत हुने भनेर प्रचण्ड र माधव नेपाल पक्षीय नेताहरुबीच घनिभूत छलफलमा जुटेको बुझिन्छ । यसका लागि भोलि शनिबार नै उक्त गठबन्धनको बैठक डाक्ने तयारी भइरहेको खुमलटार स्रोतको भनाइ छ । माधवकुमार नेपालको साथले हालै कर्णाली प्रदेशको विवादलाई मन्थर बनाउन सफल भएका अध्यक्ष प्रचण्ड अहिले पनि नेपालसँगै खनाल, गौतम र श्रेष्ठको साथ आफूले पाउनेमा ढुक्क देखिन्छन् । त्यसैअनुसार उनीहरुका सल्लाह–सुझाव लिएर ओलीविरुद्ध उत्रिने रणनीति उनले बनाएको बुझिएको छ । हामीले पहिले पनि पार्टी जोगाउन ओलीसँग अनेक सम्झौता गरेका हौं । तर ओलीले त्यसको सम्मान होइन, मनलाग्दी काम गर्नु भयो । अब उहाँलाई छुट दिन सक्ने अवस्था छैन, प्रचण्ड निकट एक नेताले बताए । उता ओली पक्षका नेताहरुहरु पनि आगामी दिनमा कसरी प्रस्तुत हुने भनेर विभिन्न कोणबाट छलफल गरिरहेको बुझिन्छ ।

वरिष्ठ नेता माधव नेपाल र बामदेव गौतम यतिबेला पार्टी फुटाउने कि ओलीलाई तह लगाउने भन्ने कुराका मूख्य पात्र हुन् । यी दुई नेताले जुन अध्यक्षलाई साथ दिन्छन् उही अध्यक्षको पल्ला भारी हुनेछ । नेकपा भित्रको विवाद दुई अध्यक्षबीचको तालमेल नमिलेर पार्टी भित्रको विवाद चर्किदै आएको हो । गत साउनमा पार्टी फुटको सङ्घारमा पुगे पछि एकाएक नाटकीय रुपमा तत्कालका लागि पार्टी फुट्नबाट जोगियो । त्यतिबेला पनि अध्यक्षद्वय बीच एक हप्ता सम्वाद हिनताको अवस्था उत्पन्न भएको थियो । सम्वादहिनतालाई चिर्दै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएर विशेष छलफल पश्चात् पार्टी महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा साउन ३० गते छ सदस्यीय ‘समस्या समाधान सुझाव कार्यदल गठन गरेका थिए ।

उक्त कार्यदलले भदौ ६ गते अध्यक्षद्वय ओली र प्रचण्डबीच गत वर्ष मङ्सिर ४ गते भएको कार्यविभाजन सम्बन्धी सहमतिलाई पुर्नब्याख्या गर्दै स्पष्ट पार्दै अन्य पार्टी एकतासम्बन्धी प्रस्तावसहित प्रतिवेदन थियो । भदौ २५ गते पारित १५ बुँदे प्रस्तावमा प्रधानमन्त्री ओली पूर्णरुपमा सरकारको काम कारवाहीमा केन्द्रीत हुने र अध्यक्ष प्रचण्डले कार्यकारी अधिकार सहित पार्टीको काम कारवाहीमा केन्द्रीत हुने र दुवै अध्यक्षबीच सरकार र पार्टीका काममा समन्वय गरी अघि बढ्ने निर्णय भएको थियो । उक्त कार्यदलको प्रतिवेदन पछि पार्टीभित्रको विवाद केही मन्थर भए जस्तो त भयो, तर प्रधानमन्त्री ओलीले प्रतिवेदनले दिएको सुझावलाई लत्याएर एकलौटी ढङ्गले सरकार चलाए पछि नेकपा भित्र पुनः विवाद बल्झिन पुगेको छ ।

अहिले मुख्य विवाद भनेको पार्टी नेताहरुसँग छलफल र सल्लाह नगरी प्रधानमन्त्री ओलीले एकलौटीरुपमा संवैधानिक नियुक्ति, मन्त्रिपरिषद् हेरफेर र राजदूत नियुक्ति प्रकरणले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल समूह विच्किएको हो । त्यसैगरी भारतीय जासुसी संस्था (रअ) का गोयल प्रमुखलाई भेट्दा र ओली पक्षका नेता–कार्यकर्ताबीचको झडपमा पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका नेताको मृत्यु हुँदा प्रचण्ड–नेपाल पक्ष ओलीसँग आक्रोशित बन्न पुगेका छन् ।