Prachanda & Oli.jpg

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कलह सहतमै पोखिएको छ । विगत चार महिना अघिमात्र पार्टी विभाजनको सङ्घारमा पुगेर मन्थर भएको नेकपा पुनः विभाजनको अवस्थामा पुगेको छ । पार्टी अध्यक्ष समेत रहेका भएका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पार्टी कुनै पनि बेला फुट्न सक्ने भनेर आफ्ना पक्षधरहरुलाई जानकारी गराइसकेका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले पार्टीभित्रका निर्णयहरु एकपछि अर्को गर्दै उल्लङ्घन गरेपछि पार्टी भित्रको विवाद यतिबेला उत्कर्षमा पुगेको हो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उत्पन्न संवादहिनताको अवस्थालाई आइस ब्रेक गर्न प्रधानमन्त्री ओलीले विभिन्न सुत्र प्रयोग गरेका छन् । तर प्रधानमन्त्रीको कार्यशैलीका कारण विछिप्त बनेका अध्यक्ष प्रचण्ड यतिबेला पार्टी फुटेफुटोस् भन्ने अवस्थामा समेत पुगेको उच्च स्रोतको भनाइ छ ।

अब अध्यक्ष प्रचण्ड सजिलै प्रधानमन्त्रीको आश्वासनमा लोभिने छैनन् र हतारमा ओलीसँग एक्लै वार्ता गर्न तयार देखिंदैनन् । प्रधानमन्त्री ओलीले कार्तिक ४ गते पछि प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद भएको छैन । प्रधानमन्त्रीले यस बीचमा कार्यकारी प्रचण्डलाई छलफलका लागि आउन पटक पटक आग्रह गर्दै आएका छन् । उच्च स्रोतले बताए अनुसार यस बीचमा प्रधानमन्त्रीले प्रचण्डसँग ६ पटक फोन गरेर छलफल गर्न आग्रह गरिसकेका छन्, तर प्रचण्ड प्रधानमन्त्रीको ठोस निर्णय विना छलफलमा सहभागि नहुने अवस्थामा पुगेका छन् । विगतमा भएका सहमतिलाई कार्यान्वय गर्दै सरकारले पछिल्लो समय गरेको नियुक्तिलगायतका निर्णयहरु फिर्ता नगर्दासम्म आफु छलफलमा सहभागी नहुने जानकारी प्रधानमन्त्रीलाई गराइसकेको उच्च स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षलाई फकाउन हिजो बुधबार संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र अर्थमन्त्रीमा भरखरमात्रै नियुक्ति पाएका पार्टी महासचिव विष्णु पौडेललाई दाहाल निवासमा पठाएका थिए । यी दुवै दूत प्रधानमन्त्रीका विश्वास पात्रका रुपमा चिनिन्छन् । नेम्वाङ र पौडेललाई अध्यक्ष प्रचण्डले सरकारले एकलौटी रुपमा गरेको निर्णय फिर्ता नहुँदासम्म आपूm बालुवाटार नजाने र छलफलमा समेत सहभागी नहुने जानकारी गराएको खुमलटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो मिसन पूरा गर्न पटक पटक शीर्ष नेताहरुलाई झुक्याउँदै आएका छन् । जस्ले गर्दा पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको हो । अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशको विवाद, मन्त्रीपरिषद्मा एकलौटी नियुक्ति, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख गोयलको नेपाल आगमन, पर्सा हत्या काण्डलगायत विषयमा प्रधानमन्त्रीको स्पष्ट दृष्टिकोण के हो प्रष्ट हुनुपर्ने धारणा ओलीका दूतहरुसँग राखेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई फकाउने प्रयासँगै आफूसँग असन्तुष्ट अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि संवादको हात अघि बढाएका छन् । प्रचण्डले प्रधानमन्त्री ओली र गोयलबीचको भेटलाई कुटनीतिक मर्यादाविपरीत र मुलुकको सार्वभौमसत्तामाथि प्रहारको रुपमा लिएको उनको सचिवालय स्रोतले कार्तिक ६ गते नै भनेको थियो ।

कार्तिक ५ गते राती प्रधानमन्त्री ओलीले भारतीय गुप्तचरी संस्था ‘रअ’ गोयललाई प्रधानमन्त्री निवासमा करिब २ घण्टा गोप्य वार्ता भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा गोयल संवादका लागि नेपाल आएको बताए तापनि नेपाली राजनीतिमा यसले ठूलो तरङ्ग पैदा गरेको छ । तिहार लगतै सरकार परिवर्तन हुने र उस्तै परे पार्टी विभाजन समेत हुन सक्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

दुई अध्यक्ष विचको विवादले पूर्व निर्धारित मिति अर्थात् कार्तिक १५ र १६ गतेका लागि तय भएको केन्द्रीय कमिटीको बैठक समेत स्थगित गरी आगामी मङ्सिर १५ देखि १७ गतेसम्म बस्ने गरी तोकिएको छ ।