IMG_0910.JPG

काठमाडौं– यस वर्षको दसैंमा सहर बजारमात्र होइन, गाउँ घरसमेत सुनसान देखियो । कतै मानिसहरुको उल्लाहस जमघट देखिएन । एक किसिमको सन्नाटह र भयावह आफ्नै परिवारमा पनि । घर परिवारका बीचमा पनि कोरोना भाइरसको सङ्क्रमणको त्रासदिपूर्ण अवस्थाले पानी बाराबारको जस्तो स्थितिमा पु¥यायो । राष्ट्रिय पर्वका रुपमा मनाइने यो वर्षको दसैंमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणको कारणले खासै चहलपहल देखिएन ।

नागढुङ्गा प्रहरीले जानकारी दिए अनुसार यस वर्ष उपत्यका छोडेर बाहिरिनेको सङ्ख्या ज्यादै न्यून रह्यो । विगतमा सप्तमी, अष्टमीका दिन उपत्यकाबाट अन्य जिल्लामा जानेहरुको ठूलो लर्को देखिन्थ्यो नागढुङ्गा–नौबिसे–पृथ्वी राजमार्ग खण्डमा । तर यस पटक सडकमा फाट्ट फुुट्ट निजी सवारी साधनमात्र देखिए । सडक किनाराका होटल, चिया पसलहरु प्राय बन्द थिए ।

गाउँ घरमा पनि कुनै रौनक थिएन । शहरमा होस् या गाउँ घरमा, दसैंको सूचन मानिने पिङको कुनै नाम निसान भेटिएन भन्दा हुन्छ । गाउँघरका आँगन, चोक, चौतारामा न लिङ्गे पिङ, न स्वाँटे पिङ्, न त चाडवाडको कुनै रौनकता नै । थियो त सन्नाहट, शान्त वातावरण । खेतका फाँटमा लहलह झुलेका धानका बालाहरु, आली र कान्लामा मासका बुट्यान, घर आँगनका छेउमा सयपत्री र मखमली फुलका केवल बासना मात्र ।

गाउँघरमा भक्र्याईं ट्याई, भक्र्याईं ट्याई गर्ने न ढिकीको आवाज गुन्जिए, न त जाँतोको ¥वाई¥वाई आवाज नै । न गाउँ घर नै मगमग बासना आउने गरी चामलबाट बनाइने सेलरोटी नै पाके । विदेशमा रहेकाको त कुरै छाडौं स्वदेशमै भएका आफ्ना सन्तानलाई समेत पराई बनाइ दियो कोरोना भाइरसको महामारीले ।

साँच्चै कोरोना भाइरसको सङ्क्रमणले उजाड र निरस बनाइदियो यो वर्षको दसैं । कतिका निम्ति त दशा नै बनेर आयो, कतिका घर परिवार नै उजाड बनाइदियो यो कोरोनाको महामारीले । नेपाल र नेपालीको संस्कृति र परम्परामाथि नै धावा बोल्यो कोरोनाले । दसैंको रौनकतालाई पीडामा डुवाइदियो यो महामारीले । कयौं बुढा बा–आमाका आँखाहरु थाके आफ्ना सन्तानलाई भेट्ने र सँगै बसेर दसैं मनाउने तिर्सना मेट्ने अभिलाषा बोकी गहभरी आँसु र मलिन अनुहार लिएर पिँढिमा टुक्रुक्क बसेका बा–आमाका आँखामा ।