loksewa 2077.jpg

लोकसेवा आयोगले यहि महिनाको दोस्रो साता अर्थात् कार्तिक १६ गतेदेखि लिने भनिएको लोकसेवा आयोगको परीक्षा स्थगित गरेको छ । कोरोना भाइरस सङ्क्रमणका विरामीहरुको सङ्ख्या सङ्घीय राजधानी काठमाडौंमात्र नभै देशनै प्रताडिक बनिरहेको र परीक्षा सञ्चालन गर्ने निकाय लोकसेवा आयोगका कर्मचारी समेत सङ्क्रमणको सिकार बनेकोले आयोगले परीक्षा स्थगित गरेको जनाएको छ । आयोगका केही महाशाखा र शाखाहरुमा सिल गरेको जनाएको छ । जसका कारण परीक्षा स्थगित भएको हो ।

आयोगले आज एक विज्ञप्त जारी गर्दै निजामति सेवाका सार्थ सुरक्षा निकाय र अन्य सङ्गठित संस्थाहरुको परीक्ष स्थगित गरिएको जनाएको छ । आयोगको मिति २०७७।०७।०३ गतेको निर्णय अनुसार परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको आयोगका प्रवक्ता गीताकुमारी होमागाईंले जानकारी दिनुभएको हो ।