covid 22.jpg

काठमाडौं– कोभिड–१९ भाइरस सङ्क्रमणका कारण आज देशभर २१ जनाले ज्यान गुमाएका छन् । यसै गरी पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणबाट कुल ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न प्रयोगशालाहरुमा पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ जनामा पीसीआर परिक्षण गरिएको थियो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार यो सङ्ख्यासँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।
मन्त्रालयका अनुुसार कोरोना भाइरस सङ्क्रमणलाई जितेर आज शुक्रबार घर फर्किनेको सङ्ख्या ३ हजार ५ सय २२ जना रहेको छ । यो सङ्ख्यासँगै सङ्क्रमणलाई जितेर हालसम्म घर फर्किनेको कुल सङ्ख्या ८८ हजार ४० पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ३ सय ८२ जना रहेको छ भने ४ हजार ८ सय ८ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ सय १५ पुगेको छ ।