KP oli & Prachanda.png

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद एक पछि अर्को गर्दै चुलिएको छ । पार्टी अध्यक्ष समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आफ्नो खेमाका बाहेक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायकतका नेतालाई पटक पटक थाङ्नामा सुताउँदै आफ्नो अभिष्ठ पुरा गर्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिसनमा सफल छन् ।

पछिल्लो समय पार्टी अध्यक्षद्वय बीच विवाद चुलिएको छ । कर्णाली प्रदेशको विवाद चुलिए पछि दुई अध्यक्षबीच विवाद मिलाउन बाहेक अन्य विषयमा दुई अध्यक्षबीच खासै सम्वाद हुन सकेको छैन । राजदूत नियुक्तिको विषयदेखि असोज २८ गते प्रधानमन्त्रीले मन्त्रीपरिषद् पुर्नगठन गरे पछि दुई अध्यक्षबीच खासै वार्ता हुन सकेको छैन । गत असोज ६ गते बसेको सचिवालय बैठकले अध्यक्षद्वय र महासचिव विष्णु पौडेललाई पार्टी एकताको बाँकी काम असोज मसान्तभित्र सम्पन्न गरिसक्ने गरी जिम्मेवारी दिएको थियो । पार्टी एकता टुङ्ग्याउन प्रधानमन्त्री स्वयम इच्छुक देखिएका छैनन् । प्रधानमन्त्री ओली आफ्ना निकटस्थ व्यक्तिहरुलाई पदमा नियुक्ति गर्न जति उदत्त देखिन्छन्

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्ना इतरलाई निषेध गर्ने शैलीबाट काम गरेका छन् । पार्टी विभाजनको सङ्घारमा पुगेर पनि पार्टी फुटबाट जोगिएको थियो । तर प्रधानमन्त्री ओली आफ्नो कार्यशैली परिवर्तन गर्न नचाहेकैले पार्टीभित्रको विवाद भुसको आगो जस्तै सल्किएको छ । कुन बेला पार्टीले फुट व्यहोर्छ भन्ने अवस्था छैन् । सरकारले गर्ने कुनै पनि नियुक्तिमा ओलीले पार्टी र कार्यकारी अध्यक्ष प्रचण्डसँग छलफल नगरी एकलौटी किसिमले निर्णय गरिरहेका छन् । यसले पनि नेकपा भित्रको विवाद भुसको आगो जस्तो भएको छ ।