congress building.jpg

प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । असोज १९ गतेका लागि तय भएको बैठक नेताहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आज असोज २५ गते आइतबारका लागि सारिएको थियो । आज दिउँसो २ बजेको लागि बस्ने भनिएको बैठक संस्थापक नेता रामबाबु प्रसाईँको निधनको शोकमा स्थगित गरिएको कांग्रेस कार्यालयका मुख्यसचिवले जानकारी दिनुभएको हो । ९९ वर्षका नेता प्रसाईँको गएको शुक्रबार उपचारको क्रममा निधन भएको थियो । आज हुने भनिएको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले आउँदो फागुनमा हुने भनिएको महाधिवेशनको मिति सार्ने तथा समसामयिक विषयमा छलफल हुने बारेमा टुङ्गो लाग्ने बताएको थियो ।आजको बैठक स्थगित भए पनि अबको बैठक कहिले बस्ने भन्ने मिती तय भएको छैन ।