Gold_Sun.jpg

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ केहि मात्रामा बढेको छ । आज बजारमा छापावाल सुन तोलामा ८ सय रुपैंयाले र चाँदी ४० रुपैंयाले बढेको छ ।आजको बजारमूल्य अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ६ सय रुपैँया र तेजाबी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार सुन तोलमा ९ सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।त्यसैगरी आइतबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।