Hari Khadka.jpg

काठमाडौं– सरकारले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कालाई राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्ति गरेको छ । गत १९ सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई प्रदेश १ को प्रतिनिधिका रुपमा राखेपको बोर्ड सदस्यमा नियुक्ति गरेको हो ।लामो समय राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाईको स्ट्राइकरका रुपमा मैदानमा देखिएका खड्का पछिल्लो समय पुलिस क्लबको प्रशिक्षक समेत थिए । खड्काले महिला राष्ट्रिय टोलीको पूर्व प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेका छन् । सरकारले आफुलाई राखेप जस्तो गरिमामय स्ंस्थाको बोर्ड सदस्यमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएका छन् ।