corona23.jpg

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या ६ सय पुगेको छ ।पछिल्लो २४ घण्टामा ९ जना पुरुषसहित एक महिलाको मृत्यु भएको छ । आज मृत्युहुनेमा झापाका २९ र ५२ वर्षीय पुरुष, सुनसरीका ४६, ५२ र ६८ वर्षीय पुरुष, काठमाडौंका ७१ वर्षीय पुरुष र ८७ वर्षीया महिला, ललितपुरका ८४ वर्षीय पुरुष तथा रुपन्देहीका ४७ र ८४ वर्षीय पुरुषको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।