hulak karyala.jpg

नेपालमा संस्थागत रुपमा वि.सं. १९३५ मा हुलाक घरको स्थापना भएपछि हुलाक सेवा सुरु भएको थियो । आम जनमानसमा सञ्चार सेवा उपलब्ध गराउने संसारकै सबैभन्दा पुरानो र ऐतिहासिक सेवा हुलाक सेवा भएकोले यसलाई समयअनुसार रुपान्तरण गरेर अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै सञ्चार क्षेत्रमा भइरहेको आमूल परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको दावी गर्नु भयो ।

नेपालको हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायीक बनाएर नागरिकको माग र चाहनाअनुसार बनाउँदै काम गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले अहिले विकास भइरहेको सेवाको विकास र विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्दै जानुपर्नेमा जोड दिनु भएको छ ।