covid23.jpg

काठमाडौँ– मुलुकभर आज कोरोना सङ्क्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कुल कोरोना सङ्क्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर २ हजार ५९ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ६ सय ८० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ ।स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको थियो । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या २७ हजार ५३ रहेको छ भने ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा रहेका छन् ।