dr kc 1.jpg

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकारी टोली र अनसनरत डा. केसीका प्रतिनिधिबीच आज बिहान सुरुभएको वार्ता पुन अपह्रान ४ बजे बस्नेगरी स्थागित भएको छ । यो समाचार तयार पार्दासम्म दुवै पक्षबीचको वार्ता प्रारम्भ भएको थिएन । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार बिहान भएको वार्तामा सरकारी टोलीसँग अनसनरत चिकित्सक डा.केसीका मागहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर बुँदागत छलफल भएको थियो ।

अहिलेसम्म भएको छलफललाई ड्राफ्ट बनाई दुवै पक्षबीच फेरि छलफल भै अपरान्ह ४ बजे वार्तामा प्रस्तुत हुने सहमति भएको डा. कार्कीले बताउनु भएको छ । डा. कार्कीले आफुहरु जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पु¥याउन चाहेको र डा. केसीको आमरण अनसन टुङ्ग्याउन चाहेको समेत बताउनु भएको छ ।चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न चरणमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वय हुनु पर्ने माग राख्दै आउनु भएका डा. केसीको यो १९ औं पटकको अनसन हो भने डा. केसी २५ दिन यता अनशनरत हुनुहुन्छ ।

सरकारले डा. केसीसँग वार्ता गर्नका लागि हिजो बुधाबार मात्रै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसमा मन्त्रालयका सह–सचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य रहनुभएको छ ।
सरकारले वार्ता टोली गठन गरेसँगै आन्दोलनरत डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको थियो । वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहनुभएको छ ।