image.jpg

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको विरुद्ध विभिन्न नामका बीस वटा कम्युनिस्ट पार्टीहरु मिलेर आन्दोलन गर्ने भएका छन् । बामपन्थीको सरकारले असंवैधानिक क्रियाकलाप गर्दै पूँजीवादको अन्धभक्त भएर राष्ट्रिय स्वाधीनता र जनताका जनजीविकाका विषयलाई पाखा लगाएको उनीहरुको आरोप छन् । असोज १७ गते राजधानीमा देशमा उत्पन्न समस्या र ती समस्या समाधानको लागि २० बामपन्थी दर सङ्गठनहरुको कार्यगत एकताले सच्चा वामपन्थीको भूमिका निर्वाह गर्र्नेे उनीहरुको दावी छ । बीस बामघटकहरुले सरकारलाई सुधार गर्ने वा दवाव दिनेमात्र नभै नयाँ संयुक्त जनआन्दोलन गर्ने उद्घोष गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टीलगायत बीस वटा कम्युनिस्ट घटकहरु छन् । देशमा नेपाल कम्युनिस्ट पार्टीको सरकार गठन भए पछि केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि जनता स्थायी शान्ति, आर्थिक विकास र समृद्धि हुनेमा विश्वस्त थिए । तर सरकार उल्टो गतिमा हिँडेको छ ।

कम्युनिस्ट नामधारी सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुभन्दा गैह्रमाक्र्सवादी आचरण प्रदर्शन गरेर देशलाई साम्राज्यवादी दलदलको विभीषिकामा धकेलिरहेकोले अब आन्दोलनको विकल्प नभएको उनीहरुको ठम्याइ छ । आफुलाई बामपन्थी भनेर देशमा शासन चलाइरहेको पार्टीको एकलौटी सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्ने होइन कि तिनलाई झन् झन् विकराल बनाउने काम गरेर वामपन्थी भन्ने शब्द प्रतिनै घ्रिणा पैदा गराइरहेको ती बाम दलहरुको आरोप छ ।