south koriea 23.jpg

रोजगारीको आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख भन्दा बढी नेपाली मजदुरहरुले आफूले काम गरेबापत रोजगारदाताबाट पाउनुपर्ने तलब पाउन नसकेको कुरा जानकारी गराएका छन् ।श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै मजदुरहरुले काम गरेबापत आफूहरुले तलब रकम नै नपाएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४ सय ३० जनाले नपाएको ज्याला १.४३ ट्रिलियन पुगेको थियो भने सन् २०१९ मा तीन लाख ४४ हजार ९ सय ७७ जनाले पाउनुपर्ने १.७२ ट्रिलियन वोन पुगेको छ । त्यसैगरी सन् २०२० को आठ महिनामा कामदारलाई नदिएको ज्याला ८ सय ९० बिलियन वोन रहेको छ ।

यसरी ज्याला नपाउने कामदारमा सबैभन्दा बढी उत्पादनमूलक कम्पनीमा छन् भने दोस्रो स्थानमा निर्माण, खुद्रा व्यापार, होटल, रेस्टुराँ कम्पनीमा छन् । सन् २०१९ मा मात्र पाँच जना वा सोभन्दा कम कामदार भएका कम्पनीमा बाँकी ज्याला ५ सय ४५.६ मिलियन वोन छ भने ५सय भन्दा धेरै कामदार भएका ठूला कम्पनीबाट तिर्न बाँकी रहेको ज्याला ६० बिलियन पुगेको छ । पछिल्लो समय कामदारको ज्याला रोकिनुको मुख्य कारण विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट विश्व अर्थतन्त्रमा आएको मन्दी रहेको तथ्याङ्कमा उल्लेख छ ।

यसरी कामदारले ज्याला नपाएका घटना धेरै बढिरहेको बताउँदै कानूनविद्हरूले आर्थिक सङ्कट झेलिरहेका कम्पनीलाई सरकारले आर्थिक सहयोग गरी कामदारले पाउनुपर्ने ज्याला नरोक्न सुझाव दिएका छन् । यो तथ्याङ्क बाहिरिए पनि करिब ५० हजार भन्दा बढी नेपालीले रोजगारी गरिरहेको देश दक्षिण कोरियामा नेपालीहरू हालसम्म बेतलवी बस्नुपरेको उल्लेख्य घटना देखिएको छैन । तर यसको प्रभाव आफुहरुमा पनि पर्ने हो कि भन्ने चिन्ता दक्षिण कोरियामा काम गरिरहेका नेपालीलाई छ ।