झापा – नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन युवा सङ्गठन झापाका जिल्ला अध्यक्ष सम्राट गिरफ्तारमा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार सम्राटलाई गिरफ्तार गरिएको र उनको बारेमा अनुसन्धान भइरहेको छ ।
सोमबार १९ गते बेलुका घरमा परिवारसँग बसिरहेको अवस्थामा उनलाई गिरफ्तार गरिएको भन्दै विप्लव माओवादीले तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार मात्रै उक्त सङ्गठनले झापाको शिवसतासिमा पार्टीको चौंथो जिल्ला सम्मेलन सम्पन्न गरेको थियो । सम्मेलनले सम्राटलाई अध्यक्षमा चयन गरेकोे थियो । उक्त सङ्गठनको मेची–कोशी ब्युरो संयोजक नुलुकले एक प्रेस विज्ञप्ति जारी गर्दै रिहाइको माग गरेका छन् ।