Gajeshwor.jpg

मुलुकभर आज १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ५९ जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९ सय २ जना नयाँ संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ । उक्त कुराको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गराउनु भएको हो ।

प्रवक्ता गौतमका अनुसार आज मुलुकभर सक्रिय संक्रमित १० हजार ८ सय ९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८ सय ४ जना रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १ हजार ५७ जनाले कोरोना सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको कुल संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।