200409020412-biden-trump-split-super-16-9.jpg

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्वपूर्ण मान्ने गर्छन । कोरोनाभाइरसका कारण यसपालि कार्यक्रमअघि दुई प्रतिस्पर्धीले हात नमिलाइकन बहस सुरु भएको थियो । बाइडनले कर, कोरोना लगायतका विषयमा ट्रम्पलाई आरोप लगाएका थिए । अमेरिकामा ३ नोभेम्बरमा हुने राष्ट्रपति पदको मतदान अघि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो बाइडनबीच पहिलो प्रत्यक्ष बहस सकिएको छ ।

बहसमा ट्रम्पले कोरोनाभाइरसको मृत्यु संख्या भारत चीन र रुसले लुकाएको आरोप लगाए । ट्रम्पले कर छली गरेको समाचार सार्वजनिक भए लगत्तै यो पहिलो बहस भएको हो ।बाइडनले बहस सुरु हुन केही घण्टाअघि कर विवरण सार्वजनिक गरी बहसमा भाग लिए ।त्यसमा उनले सन् २०१९ मा करिब तीन लाख डलर कर तिरेको देखिन्छ ।

अमेरिकीहरूलाई देशले झेलेका समस्याहरू समाधान गर्न ट्रम्पले बाइडनसँग सार्वजनिक जिम्मेवारीमा रहँदाको झण्डै आधा शताब्दी समय थियो भनेका छन् । ट्रम्पले बाइडनसँग भने “तपाईँले ४७ वर्षमा गरेको भन्दा धेरै काम मैले ४७ महिनामा गरेको छु ।”अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्वपूर्ण मान्ने गर्छन । कोरोनाभाइरसका कारण यसपालि कार्यक्रमअघि दुई प्रतिस्पर्धीले हात नमिलाइकन बहस सुरु भएको थियो । बाइडनले कर, कोरोना लगायतका विषयमा ट्रम्पलाई आरोप लगाएका थिए ।