ta.jpg

काठमाडौं, १४ असार । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द गरिएको छ ।वैदेशिक रोजगार कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि सेवा रोकिएकोे छ ।कर्मचारीमा कोरोना देखिएकाले अनिश्चितकालका लागि श्रम स्वीकृति सहित सबै सेवा बन्द भएको हो । सरकारले भदौं महिनादेखि श्रम स्वीकृति खुलाएको थियोे ।कार्यालय खुल्ला रहे पनि सेवा भने प्रवाह नहुँने कार्यालयले जनाएको छ ।