oli prachanda photo.jpg

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सहमति जुट्न नसक्दा पार्टी भित्रको विवाद कायमै रहेको छ ।
दुवै अध्यक्ष आ–आफ्नै अडानमा रहँदा मन्त्रिमण्डल पुनर्गठन गर्ने विषय लम्बिन सक्ने देखिन्छ । तर प्रधानमन्त्री समेत रहनुभएका ओली छिटै मन्त्रिमण्डल पुनर्गठन गर्न आतुर भएको स्रोेतले जनाएको छ । अध्यक्षद्वय बीच मन्त्रिमण्डल पुनर्गठन गर्ने, संवैधानिक निकाय लगायतका स्थानहरुमा राजनीतिक नियुक्ति गर्ने र पार्टी एकताको बाँकी कार्य छिटै टुङ्ग्याउने विषयमा ८ गते बिहीबारदेखि छलफल भैरहेको छ । तर दुबै अध्यक्षबीच सहमति जुट्न नसक्दा यी कामहरुले पूर्णता पाउन सकेको छैन ।
अघिल्लो साता बसेको सचिवालय बैठकले संवैधानिक निकायमा नियुक्त हुन योग्य व्यक्तिहरुको सूची तयार गर्ने र दशदिन भित्र पार्टी एकताको थाती रहेका कामहरु सम्मपन्न गर्न दुबै अध्यक्षलाई जिम्मेवारी सुम्पिएको थियो ।