Coronavirus-COVID-19-Treatment.jpg

काठमाडौं– कोरोना भाइसरको सङ्क्रमका कारण आज १० जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा एक हजार पाँच सय १३ जनामा संक्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । आज काठमाडौं उपत्यकामा मात्रै थप ९ सय ३४ जनामा कोरोना भाइरसका संक्रमितहरु देखिएका छन् । जसमध्ये काठमाडौंमा ४ सय ४७ जना, ललितपुरमा १ सय १४ जना र भक्तपुरमा ७३ जना संक्रमित थपिएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालभर ७ सय ३१ जना कोरोना सङ्क्रमित निको भएर घर फकिएका छन् भने नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ५५ हजार ३ सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी गराउनु भयो ।
मुलुकभर कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ३ सय ९६ पुगेको प्रवक्ता डा.गौतमले उक्त पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा दिन दिनै कोरोना भाइरसको सङ्क्रमण बढेको छ भने बाहिरी जिल्लामा विस्तारै सङ्क्रमण कम हुँदै गएको छ ।