covid.jpg

बाँकेमा कोरोना संक्रमित महिलाको बुधबार मृत्यु भएको छ । नेपालगन्ज की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर १५ मिनेटमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि ती महिला असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । असोज ३ गते उनमा कोरोना पुष्टि भएको थियो । महिलाको फोक्समा निमोनिया समेत देखिएको थियो । यसका साथै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।