saif-sara-kwk3.jpeg

बलिउड चर्चितअभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानसँग जोडिएको ड्रग्स मामिलामा नार्कोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले २० जनालाई पक्राउ गरेको छ । एनसीबीले शनिबार अनुसन्धानको सिलसिलामा अभिनेत्री दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग सोधपुछ गरेको थियो ।
बलिउडलाइफ डट कममा प्रकाशित एक खबर अनुसार सारा अली खानका पिता सैफ अली खानले आफ्नी छोरीलाई यो मामिलाबाट बचाउनका लागि पन्छिएका छन् । भारतीय मिडियालाई विश्वास गर्ने हो भने सैफ अली खानले छोरी सारालाई बचाउन अस्विकार गरेका छन् । यस्तै भारतीय मिडियामा प्रकाशित विभिन्न रिपोर्टमा बताइए अनुसार साराको ड्रग कनेक्सनको खुलासा हुँदा सैफ अली खान असाध्यै रिसाएका छन् र उनलाई समर्थन नगर्ने पक्षमा छन् तर अली खानलाई यो मुश्किल घडीमा उनकी हजुरआमा शर्मिला टेगोरले हौसला दिइरहेकि छिन् ।
यति मात्रै नभई यो मामिलामा सैफ अली खानले आफ्नी पूर्व श्रीमती अर्थात साराकी आमा अमृता सिंहमाथि पनि निकै कटाक्ष गरेका छन् । यसैबीच सैफ अली खानले आफ्नी गर्भवती श्रीमती करिना कपुर खान र छोरा तैमुरसँग दिल्ली प्रस्थान गरेका छन् ।करिना आफ्नो फिल्म लाल सिंह चड्डाको सुटिङमा व्यस्त छिन् र जबसम्म करिना त्यहाँ फिल्म सुटिङ गर्नेछिन् तबसम्म उनीहरु त्यहि बस्ने भएका छन् ।